चुनाव जित्न सहज भएकाले संघाईको समूह रोजे : श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

चुनाव जित्न सहज भएकाले संघाईको समूह रोजे : श्रेष्ठ

काठमाडौं, २० चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट तर्फको उपाध्यक्ष पदकी उम्मेदवार ज्योत्सना श्रेष्ठले रामचन्द्र संघाईको समूह चुनाव जित्न सहज भएकाले रोजेको बताउनुभएको छ ।  उहाँले आईतवार रामचन्द्र संघाईको प्यानल घोषणा पछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन जित्नको लागि रामचन्द्र संघाईको समूहमा सहज भएका कारण संघाईको समूह रोजेको बताउनुभएको हो ।

श्रेष्ठले वरिष्ठ उपाध्यक्षका उम्मेद्वार अञ्जन श्रेष्ठले पत्रकारहरुको सुझाव दिने भनेर बोलाइ योजना नबनाई टिम घोषणा गरेको बताउनु भयो । उहाँले निर्वाचनमा जहाँ आफूलाई सहज लाग्छ त्यहीँ आफू रहन सहज हुने बताउनु भयो । संघाईको समूहमा सहज लागेकाले श्रेष्ठको समूह छोडेको पनि बताउनु भयो । उहाँले श्रेष्ठ समूहलाई भनेर नै आफूलाई सहज लाग्ने ठाउँमा आएको भन्दै श्रेष्ठको समूहलाई छोडेर आउँदा धोका दियो भन्न नमिल्ने बताउनु भयो ।

उहाँले एउटै समूहका सबैजना एउटै पदमा उठ्न नमिल्ने र एशोसिएट उपाध्यक्षमा तीन नभइ दुई मात्रै उम्मेद्वार निर्वाचनमा जाने वातावरण बनाउन आएको बताउनु भयो । उहाँले भन्नुभयो,‘ निर्वाचन जित्नको लागि कुन समूहमा सहज हुन्छ त्यसमा जाने हो । मलाई संघाईको टिममा सहज लागेर आएको हुँ । अञ्जनको प्यानल घोषणा हुँदा पत्रकारहरुको सुझावहरु लिने भन्नुभएको थियो । तर त्यहाँ घोषणा भयो । कुनै योजना थिएन । हुन्छ नी निर्वाचनमा कहाँ जितिन्छ । त्यहाँ जाने हो । तर अञ्जन श्रेष्ठको टिमलाई नराम्रो छ । निर्वाचन जित्दैन भन्न खोजेको होइन । कतिपयले अञ्जनको समूहलाई धोका दिएको रुपमा बुझेका छन्, उता घोषणा भएर यता आउँदा धोका दिएकै जस्तो देखिन्छ तर, धोका दिएको भन्दा पनि मैले टिमको जित हेर्नुपर्छ, म उपाध्यक्षमा उठेपछि १९ जनालाई पनि जिताउनुपर्ने मेरो दायित्व हो, मलाई कसले के भन्छ भन्नेसँग सरोकार छैन, मेरो टिम जित्नुपर्छ।’

उहाँले सकारात्मक सोचका साथ श्रेष्ठको प्यानल छाडेर संघाईको प्यानलमा आएको बताउनु भयो । उहाँले अहिले घोषणा भएका तीन वटै टिम बलियो रहेको भन्दै मतदात व्यवसायीहरुको समस्यामा नेतृत्वदायी भुमिका खेल्नसक्ने टिमलाई मतदान गर्न आग्रह गर्नुभयो । उहाँ गत फागुन ३० गते पत्रकार सम्मेलन गर्दै ज्योत्सना श्रेष्ठले आफू अञ्जन श्रेष्ठको समूहबाट एशोसिएट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । तर निर्वाचन नजिक आएसँगै अञ्जनको टिम छोडेर संघईको समूहमा प्रवेश गर्नुभएको छ । महासंघको वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघाईले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ । संघाईको प्यानलमा जिल्ला नगरतर्फ उपाध्यक्षमा सुरकृष्ण वैध,वस्तुगत तर्फ सकुन्तलाल हिराचन र एशोसिएटतर्फ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ हुनुहुन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);