देवर र भाउजुबीच २ वर्षदेखि अवैध सम्बन्ध, कोशी नदी किनारमा बोलाएर हत्या | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

देवर र भाउजुबीच २ वर्षदेखि अवैध सम्बन्ध, कोशी नदी किनारमा बोलाएर हत्या

एजेन्सी, २० चैत्र । भारतको भप्तियाही प्रहरी चौकी इलाकाको गोपालपुर गाउँ नजिकैको कोशी खोलाबाट शनिबार प्रदीप सुतिहारको शव फेला परेको छ । प्रहरीको अनुसार आइतबार करजैने थाना क्षेत्र जगदीशपुर कोहवारा निवासी प्रदीप सुतिहारको प्रेमिका र उनका श्रीमानले हत्या गरेका हुन् ।

मृतककी प्रेमिका रेखादेवीका पति मनोज सुतिहारले घटनाको रात रेखादेवीलाई दबाब दिएर प्रदीपलाई कोशी नदी किनारमा बोलाएका थिए । प्रदीप र मनोज काका भतिज थिए । प्रदीपको नजिक पुग्ने बित्तिकै मनोजले आँखामा खुर्सानीको धुलो हाले । त्यसपछि श्रीमान श्रीमतीले हथौडाले हानेर हत्या गरी शव कोशी नदीमा फालेका थिए ।

रेखा देवी र मृतककाबीच दुई वर्षदेखि प्रेम सम्बन्ध चलिरहेको उनको श्रीमानलाई थाहा भएको प्रहरीले जनाएको छ । यही कुरालाई लिएर मनोजले आफ्नी श्रीमतीलाई पटकपटक यातना दिने गरेका थिए ।
रेखा देवीका प्रेमीलाई यो जानकारी पाएपछि उनले प्रेमिकाको पतिको मोबाइलमा खिचेको आपत्तिजनक तस्बिर पठाए । आपत्तिजनक अवस्थामा श्रीमतीको अश्लील तस्बिर देखेपछि मनोज आक्रोशित भए र त्यसपछि प्रदीपको हत्या गर्ने षड्यन्त्र गरे ।

घटना भएको राती प्रदीपले आफ्नी प्रेमिकाकहाँ जान नचाहेको तर बारम्बार दबाबमा बोलाएर पूर्वी कोशी बाँधको मकै खेतमा लगेर हत्या गरेका थिए । यस मुद्दामा मनोज सुतिहार, रेखा देवी, चन्दन कुमार र किशनदेव सुतिहारको नाम रहेको छ । मनोज र उनकी श्रीमती रेखा देवीलाई पक्राउ गरी जेल चलान गरिएको छ । दुवैले हत्या गरेको स्वीकार गरेको र अनुसन्धानबाट दुवैले हत्या गरेको बलियो प्रमाण पनि भेटिएको छ । रेखादेवी र उनका श्रीमानले प्रदीपको हत्या भएको ठाउँ देखाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);