काठमाडौं, २० चैत्र । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा–२ मा नेकपा (एमाले)ले पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
मनोनयन दर्ताको केही घण्टाअघि मात्रै एमालेले उम्मेदवारको नाम टुंगो लगाएको हो । यो उपनिर्वाचनमा बारा दुईमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।