चर्च ब्वाइजले पायो जीतपुर सिमरा गोल्डकपको उपाधि | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८१, बिहीबार

चर्च ब्वाइजले पायो जीतपुर सिमरा गोल्डकपको उपाधि

सिमरा, १९ चैत्र । चर्च ब्वाइज युनाइटेड क्लबले १३औं जीतपुर सिमरा गोल्डकपको उपाधि हात पारेको छ । शनिबार राति भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–० ले पारजित गर्दै पहिलो सहभागितामै चर्च ब्वाइज युनाइटेडले उपाधि हात पारेको हो ।

उपाधिसँगै चर्च ब्वाइजले १० लाख नगद र ट्रफी हात पारेको छ भने उपविजेता हिमालयन शेर्पाले ५ लाख रुपैयाँमा प्राप्त गरेको छ । चर्च ब्वाइजलाई जीतपुर सिमरा गोल्डकपको ट्रफी दिलाउने क्रममा कप्तान मिलन राई र आशिष चापागाईंले गोल गरे । खेलको सुरुआतमै १० खेलाडीमा समेटिएको हिमाालयन शेर्पाले सिमराका समर्थकमाझ जीतका लागि अन्तिमसम्म संघर्ष गरेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर कमल श्रेष्ठ घोषित हुँदै उनले टिभीएस राइडर मोटरसाइकल प्राप्त गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);