इन्डियन आयल कर्पोरेशनले घटाएर पठायो पेट्रोलियम पदार्थको मूल्य | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

इन्डियन आयल कर्पोरेशनले घटाएर पठायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । इन्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

प्रत्येक महिनाको १ र १५ तारिखमा आउने मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका अनुसार नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ८२ पैसा घटेर आएको छ । यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घटेर आएको छ । योसँगै, डिजेलको खरिद लागत प्रतिलिटर १५२ रुपैयाँ १७ पैसा र पेट्रोलको खरिद लागत प्रतिलिटर १६८ रुपैयाँ १२ पैसा कायम भएको छ ।

हाल बजारमा डिजेलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम छ । भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार नेपाली बजारमा डिजेलमा निगमलाई प्रतिलिटर २२ रुपैयाँ ८३ पैसा र पेट्रोलमा ९ रुपैयाँ ८८ पैसा फाइदा रहेको निगमका प्रबन्ध निर्देशक उमेश थानीले जानकारी दिनुभयो ।

यसका साथै, खाना पकाउने एलपी ग्याँसको मूल्य समेट घटेर आएको छ । नयाँ मूल्यसूचीअनुसार एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ९६ रुपैयाँ घटेर आएसँगै घाटा ५०० रुपैयाँमा आइपुगेको छ । हाल निगमले एलपी ग्याँसको प्रतिसिलिन्डर १८ सय रुपैयाँमा बेच्दै आइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);