रामचन्द्र पौडेलको उत्तराधिकारीका रुपमा तनहुँबाट विजयी हुन्छुः डा. स्वर्णिम वाग्ले | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

रामचन्द्र पौडेलको उत्तराधिकारीका रुपमा तनहुँबाट विजयी हुन्छुः डा. स्वर्णिम वाग्ले

काठमाडौं । अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताउनुभएको छ ।

शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पैसाले राजनीतिलाई धेरै नै मलजल गरेकाले यस्तो विकृत पक्षलाई हटाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले पैसाका कारण लोकतन्त्र पनि विकृत हुँदै गएको बताउनु भयो । उहाँले परम्परागत र पुराना पार्टीहरुमा टिकट पैसामा किनबेच हुने गरेको आरोप लगाउनु भयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीमा भने ढुक्कसँग टिकट पाएको बताउनु भयो । उहाँले मालदार मन्त्रालयमा १० औं करोडको डिल हुने गरेको बताउनु भयो ।

डा. वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलको उत्तराधिकारीका रुपमा आफू तनहुँबाट विजयी हुने दाबी गर्नुभयो । उहाँले आफू पछि फर्किने नभइ अघि बढ्नका लागि नै रास्वपा प्रवेश गरेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);