प्रधानमन्त्री थ्रि नेसन्स कपको उपाधि नेपाललाई | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८१, सोमबार

प्रधानमन्त्री थ्रि नेसन्स कपको उपाधि नेपाललाई

काठमाडौं । प्रधानमन्त्री थ्रि नेसन्स कप उपाधि नेपालले चुमेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले लाओसलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

लाओसले खेलको पहिलो हाफमा सुरुआती अग्रता बनाएको थियो । खेलको १७औं मिनेटमा लाओसका फोउचाङभोङले गोल गरेका थिए ।

तर, त्यसको केहि समयमै नेपालले गोल फर्काएको थियो । नेपालका लागि खेलको २४औं मिनेटमा आयुष घलानले गोल गरेका हुन् ।

साथै नेपालका लागि मनिष डाँगीले विजयी गोल गरेका हुन् । प्रतियोगितामा प्रथम भएको नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

साथै दोस्रो स्थानको लाओसले ३ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);