तनहुँ–१ र बारा–२ मा उपनिर्वाचनको लागि २६ दल दर्ता | ईमाउण्टेन समाचार

Our Network

पुष १५ २०८१, सोमबार

तनहुँ–१ र बारा–२ मा उपनिर्वाचनको लागि २६ दल दर्ता

nirbachan aayog

काठमाडौं, १७ चैत्र । आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि तनहुँ–नंं. १ र बारा–२ का लागि २६ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले आज एक सुचना जारी गर्दै उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएको जानकारी दिएको हो ।

उपनिर्वाचनअन्तर्गत चितवन जिल्ला क्षेत्र नं. २ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ ।

नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १६ को उपनियम (१) सँग सम्बन्धित अनुसूची–१२ बमोजिम निवेदन पेश हुन आएका २५ (पच्चीस) वटा राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम एवम् राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ र राजनीतिक दलसम्बन्धी नियमावली,२०७४ को नियम १८ को उपनियम (२) सँग सम्बन्धित अनुसूची–१३ बमोजिम एकल निर्वाचन चिह्न लिई उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि निवेदन पेश हुन आएका ३ (तीन) वटा राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १८ को उपनियम (३) बमोजिम दर्ता गर्ने निर्णय भएको छ ।

दर्ता भएका राजनीतिक दलहरूको नामावली राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिम निर्वाचन चिह्न निर्धारण गरी उपनिर्वाचन हुँदाका बखत प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई ती दलहरूले संवत् २०७९ साल मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा र प्रतिनिधि सभामा प्रतिनिधित्व नगर्ने राजनीतिक दलहरूलाई निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमको आधारमा उम्मेदवारको निर्वाचन चिह्न मतपत्रमा समावेश गर्ने निर्णय भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);