रामनवमी पर्वका अवसरमा राममन्दिरमा भक्तजनको भीड | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

रामनवमी पर्वका अवसरमा राममन्दिरमा भक्तजनको भीड

काठमाडौं, १६ चैत्र । आज रामनवमी पर्व मनाइँदैछ । रामनवमीको अवसरमा काठमाडौंमा पनि भगवान श्रीरामका मन्दिरमा पुग्ने दर्शनार्थीहरुको भीड उल्लेख्य छ ।

काठमाडौंको बत्तिसपुतलीस्थित राममन्दिरमा पनि भक्तजनको भीड रहेको छ । चैत्र शुक्ल नवमीको अवसरमा भगवान श्रीरामको जन्म भएको अवसरमा रामनवमी पर्व मनाउने गरिन्छ । त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । सोही सम्झनामा आजको दिन रामनवमी पर्व विशेष रुपमा मनाइन्छ । त्रेतायुगमा भगवान राम र माता सीतासँग जनकपुरधाममै विवाह भएको थियो ।

राम नवमीको अवसरमा आज मधेस प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ । आज विशेष गरेर जनकपुर धाममा रामनवमी पर्व मनाइँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);