बारा–२ मा चुनाव लड्न जनमत पार्टीमा प्रवेश गरे : कुशवाह | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

बारा–२ मा चुनाव लड्न जनमत पार्टीमा प्रवेश गरे : कुशवाह

काठमाडौं, १५ चैत्र । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य शिवचन्द्र प्रसाद कुशवाहले बारा क्षेत्र नम्बर २ का जनताको भावना अनुसार चुनाव लडन आफू जनमत पार्टीमा प्रवेश गरेको बताउनु भएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनमत पार्टीका अध्यक्ष सिके राउतले उहाँलाई पार्टीमा प्रवेश गराउनु भएको हो ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उहाँलाई जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादवले ३५४ मतले पराजित गर्नु भएको थियो । तर जनताको भावना विपरित माओवादी केन्द्रले उपेन्द्र यादवलाई उपचुनावमा लडाउने भएपछि आफूले सो पार्टी परित्याग गर्नु परेको पनि कुशवाहले खुलासा गर्नु भयो । उहाँले निर्वाचनमा हार व्यहोरेका यादव पदलोलुप भन्दै बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा हराएर पठाउने चेतावनी समेत दिनु भयो । माओवादी पार्टीले आफूमाथि जालझेल र षडयन्त्र गरेकाले आफूले मधेश मुक्ति र देशका लागि केही गर्ने मनोविज्ञान बोकेको सिके राउत नेतृत्वको जनमत पार्टी रोज्नु परेको उहाँको भनाई थियो ।

कुशवाहले भन्नु भयो, ‘बारा क्षेत्र नम्बर २ मा अहिले उपनिर्वाचन हुँदैछ । त्यहाँको जनताको भावना विपरित उपेन्द्र यादव कति पदलालुप सत्ता विना बाँच्नै नहुने । जो व्यवहारहरु हामीले देखेका छौं । त्यसको सामना मात्रै होइन । त्यहाँबाट हराएर पठाउनका निम्ति मैले आज यो जनमत पार्टीका प्रवेश गरेको हुँ । तपाईहरुलाई थाहा छ । हाम्रो पार्टी माओवादी केन्द्रमा मेरो राजनीतिक ऐतिहासिक पृष्ठभूमि २०३७ सालेदेखि नै मैले प्रजातान्त्रिक व्यवस्थाका लागि उमेरै नहुँदा नेताको पछिपछि दौडेर मैले जनताको बीचमा काम गर्दैै जाँदाखेरी २०३७ सालमै मैले सलिममियाँ अन्सारीले मलाई संगठित गर्नु भयो । त्यो बेलादेखि कम्युनिष्टप्रति आस्था राख्दै मैले २०५४ सालसम्म मैले एमालेमा पनि काम गरेँ । र, मैले २०५४ सालबाट माओवादीमा प्रवेश गरेर मैले भूमिगत राजनीति गरेर २०६३ सालम म खुला भए । र, २०६४ सालमा संविधानसभाको चुनावमा पनि मैले जितेको थिए । पार्टी भित्र म माथि यति षडयन्त्र, यति जालझेल गरेर हामी जस्तो एउटा क्षमतावान लिडरलाई जहिले पनि माईनस गरेर राख्ने सोचहरु भईराखेको थियो । त्यसैगरी राखिएको थियो । मैले माओवादीमा हाम्फाल्दा मैले मेरो आफ्नै फुपु सासुको नाती, हाम्रो माईलो दाईको पनि फुपु सासुको नाती भर्खरै एसएलसी पास गरेर घरमा बसेको थियो । मैले उनीहरु दुवैलाई लिएर माओवादीमा प्रवेश गरेँ । उनीहरुले सोही आन्दोलनमा सहादत प्राप्त गरेँ । मेरा माइलो दाईलाई पटकपटक समात्ने काम भयो । दाईलाई प्रहरीे दुख दिएपछि मेरै आग्रहमा उहाँ पनि माओवादीमा प्रवेश गर्नु भयो । मेरो दाईले तीन पटक झेलनेल काटनु भयो । हाम्रो पृष्ठभूमि माओवादी भित्र गरिएको लगानी मैले ३५४ मतले पराजित भएको हुँ । आज २ नम्बर क्षेत्रमा मर्द कोही छैन ? आज उपेन्द्र यादवको नाम सुन्ने वित्तिकै तपाई लडनै पर्छ भनेर जिल्लाबासी, क्षेत्रबासीहरुले भनिरहेका छन । मैले पार्टीमा यत्रो लगानी गरेको छु । हाम्रो पार्टीले अहिले उपेन्द्र यादवलाई समर्थन गरेर मलाई चुनावबाट बञ्चित गरिएको छ, जनताको भावनाबाट बञ्चित गरिएको छ । र, जनताले भनेको छ तपाई स्वतन्त्र नलडनुस् । मैले स्वतन्त्रबाटै लडन खोज्दा मलाई जनताले के भन्यो भने तपाई चुनाव लडनै पर्छ । तर स्वतन्त्र होइन । तपाईले कुनै पार्टी समात्नुस् । कम्युनिष्ट पार्टी भित्र मलाई जसरी जालझेल गरेर माइनस गरेर राख्ने काम ग¥यो । तर पनि मैले सहेर टिक्दै गरेको थिए । तर, यस्तो अवस्थामा मेरो जनताको भावना विपरित निर्णय गरिसकेपछि मैले पनि निर्णय गर्न बाध्य भए । र, मैले संकल्प गरेँ–अव मैले कम्युनिष्ट पार्टी होइन, देशमा केही गर्नका लागि सिके राउत राजनीतिमा प्रवेश गर्नु भएको छ । वैज्ञानिक जस्तो मान्छे, मधेश मुक्तिका लागि उहाँ आउनु भएको छ । देश र जनताको उहाँमाथि परेको मनोविज्ञान अनुसार आफूले पनि उहाँलाई साथ दिन यो पार्टी प्रवेश गरेको छु ।’

कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो पार्टी जनताको मात्रै नभई नेताको पनि उद्धार गर्ने पार्टी भएको दावी गर्नु भएको थियो । ‘’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);