गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँटको विषय प्रवेश भएनः प्रमुख सचेतक लेखक | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँटको विषय प्रवेश भएनः प्रमुख सचेतक लेखक

काठमाडौं । १० दलीय गठबन्धनको बैठक निर्णयबिहीन भएको छ ।

मंगलवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्ष बिना नै सकिएको हो । मन्त्रीपरिषद् बिस्तारको निर्णय गर्न बसेको बैठक दलहरुले आफ्नो आफ्नो दाबी नछोड्दा बिना निस्कर्ष सकियो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधवार पुनः बसेर निस्कर्ष निकाल्ने बताउनु भयो । उहाँले आजको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार पक्षीय राजनीतिक दलका नेताहरुको बेठक बस्यो सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भयो । भोलि फेरि बस्ने भन्नेछ । भागबण्डाको बारेमा छलफल भएन । सरकार चाँडो भन्दा चाँडो सरकार बिस्तार गर्ने कुरा भयो । सरकार चाँडै बिस्तार हुनेगरी छलफल भयो । मन्त्रालय नमिल्ने भन्ने समस्या छैन । गठबन्धनलाई निरन्तरता दिने कुरा भएको छ । मन्त्रालयका बारेमा कुनै विवाद छैन ।’

प्रमुख सचेतक लेखकले मन्त्रालयको बारेमा केही समस्या नरहेको पनि बताउनु भयो । उहाँले आजको बैठकमा मन्त्रालय भागबण्डाको विषयले प्रवेश नपाएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);