काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ ।
आज नेप्से १२.१० अंकले बढेर १९१८.१० को विन्दुमा कायम भएको हो ।
हिजो सोमबार पनि नेप्से दोहोरो अंकले बढेको थियो । आज नेप्सेमा १ अर्ब ४४ कारेड ३७ लाख १३ हजार बराबरको कारोबार भएको हो ।
आज कारोबार भएका कम्पनीमध्ये १४२ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ६७ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आज आइएमइ जेनरल इन्स्योरेन्स कारोबार अब्बल रह्यो ।