१० दलको बैठकअघि नै रविले प्रधानमन्त्रीलाई भेट्ने | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

१० दलको बैठकअघि नै रविले प्रधानमन्त्रीलाई भेट्ने

काठमाडौं, १४ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले आज मन्त्रिमण्डललाई पुर्णता दिन सत्ता गठबन्धनको बैठक बोलाएका छन् सो बैठक भन्दा अघि नै रविले दाहालसँग भेटवार्ता गर्न लागेको बुझिएको छ ।

मिटरब्याज पीडितहरुको आन्दोलनलाई समर्थन गर्न पुुगेका रविले यसबारे जानकारी दिएका थिए । रविले मिटरब्याज पीडितहरुको समस्या प्रधानमन्त्रीसँग गर्ने समेत आश्वासन दिए । प्रचण्ड सरकारमा यसअघि गत पुसमा रवि गृहमन्त्री बनेका थिए । नागरिकता विवादसँगै सांसद खारेज भएसँगै पदबाट राजीनामा दिएका रवि नेतृत्वको पार्टीले पहिल्यै कै हैसियत दिएमात्रै सरकारमा जाने अडान लिइरहेको छ ।

आजै सत्तागठबन्धनको बैठकपछि मन्त्रिमण्डल विस्तार हुन सक्ने सम्भावना देखिएको छ । आज १० दलको बैठक साझ ४ बजे बस्दैछ । File photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);