वाम एकतामा बाधक नबन्न कांग्रेसलाई गठबन्धनको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

पुष १६ २०८१, मंगलबार

वाम एकतामा बाधक नबन्न कांग्रेसलाई गठबन्धनको चेतावनी

काठमाडौं, १८ पुस । वाम गठबन्धनका नेताहरुले एमाले र माओवादी केन्द्रबीच एकता हुन नदिने सपना नदेख्न सत्तारुढ नेपाली काँग्रेसलाई चेतावनी दिएका छन् ।

एमाले नेता रघुवीर महासेठ र माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले प्रदेश प्रमुख राजनीतिक सहमतिको आधारमा मात्रै तोक्न पनि सरकारसँग माग गरेका छन् ।

मंगलबार काठमाडाैँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै एमाले नेता महासेठले बाम गठबन्धनलाई फुटाउने षडयन्त्र गरिरहे काँग्रेस आफै समाप्त भएर जाने चेतावनी दिए । उनले जनादेश अनुसार सरकार गठन प्रक्रियामा ढिलाई नगर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले प्रदेश प्रमुख नियुक्ती राजनीतिक सहमतिकै आधारमा गर्न सरकारसँग माग गरेका छन् । उनले राष्ट्रिय सभाको निर्वाचनमा लागि प्रदेश प्रमुख तोक्नुपर्ने भएकाले त्यसमा सहमति जुटाउन तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);