सन्दिपको मुद्दाको पेसी घिमिरेको इलजासमा परेपछि वकिलहरुको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

सन्दिपको मुद्दाको पेसी घिमिरेको इलजासमा परेपछि वकिलहरुको आपत्ति

काठमाडौं, १३ चैत्र । बलात्काकारको आरोप लागेका खेलाडी सन्दीप लामिछानेका वकिलहरुले आजको लागि तोकिएको मुद्दाको सुनुवाई सार्न आग्रह गरेका छन् । सन्दीपलाई थुनामा पठाउने आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा फेरी सो मुद्दा परेको भन्दै उनीहरुले इजलासको ध्यानाकर्षण गराएका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर लामिछानेबिरुद्धको बलात्कारको फैसलाका लागि थुनछेक आदेश गरेकै न्यायाधीशको इजलासमा पेशी परेको छ । सन्दीपको मुुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश घिमिरेको इजलासमा परेको हो । घिमिरेकै इजलासले सन्दीपलाई मुुद्दा पुुपक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

तर पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै सशर्त २० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);