काठमाडौं, १३ चैत्र । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेका केशव दुलालसहित २ जना पक्राउ परेका हुन् ।
दुलाल नेपाली काग्रेसकी नेतृ एंव उपप्रधानमन्त्री सुजाता कोइरालाका पुर्व स्वकिय सचिव भएको बुझिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार दुलालसहित सानु भण्डारी र टंक गुरुङलाई पक्राउ गरेको हो ।
उनीहरु विरुद्ध ८१ पीडितले उजुरी दिएका थिए । उनीहरुले अमेरिका पठाइदिने भन्दै प्रतिव्यक्ति २० देखि ४० लाख सम्म रुपैयाँ उठाएको प्रहरीले जनाएको छ ।
This website uses cookies.