प्रधानमन्त्रीलाई भोली बिहान अर्को मिलेर मलाई हटाई देलान कि भन्ने डर छः गगन थापा | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

प्रधानमन्त्रीलाई भोली बिहान अर्को मिलेर मलाई हटाई देलान कि भन्ने डर छः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो पद गुम्लाकि भन्ने डर रहेको टिप्पणी गर्नु भएको छ ।

मान्छेलाई बढि पाउने इच्छा हुने भन्दै उहाँले प्रधानमन्त्री दाहालमा पनि पद गुम्ला कि भन्ने डर रहेको बताउनु भएको हो । शुक्रबार साई शिक्षा निकेतन माध्यामिक विद्यालयले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरुलाई फेरी प्रधानमन्त्री हुन पाईदैन कि भन्ने चिन्ता उत्तिकै रहेको उल्लेख गर्नु भयो ।

उहाँले बालबालिकाहरुलाई भने डर दिनेगरी शैक्षिक वातावरण बनाउन नहुने बताउनु भयो । बालबालिकाहरुलाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनुपर्ने तर एक पटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने उहाँको भनाई थियो ।

महामन्त्री थापाले सानासाना बालबालिकामा डर पलाउनु भनेको पछि गएर जिन्दगीसँग खार खानु हुने भएकाले उनीहरुलाई प्रोत्साहित हुने गरी शिक्षा दिनुपर्ने बताउनु भयो । महामन्त्री थापाले भन्नु भयो, ‘अहिले म यसो नेताहरु हेर्छु–पटकपटक प्रधानमन्त्री भईसकेको नेतालाई अर्को पटक प्रधानमन्त्री होला कि नहोला भन्ने डर छ । पटकपटक चुनाव जितेकोलाई अर्काे पटक चुनाव नजित्ला कि भन्ने डर छ । अहिले भईरहेको प्रधानमन्त्रीलाई भोली बिहान अर्को मिलेर मलाई हटाई देलान कि भन्ने डर छ । भनेको जुनसुकै क्षेत्रमा तपाई जानु भयो भने, जुनसुकै ठाउँमा पुगेको भएतापनि मान्छेलाई जति छ, त्यो भन्दा बढि पाउने इच्छा भईरहन्छ । त्यसकारण मैले बुझेको के हो भने हाम्रा केटाकेटीलाई के बुझाउनुपर्ने रहेछ भने दौडने हो भने तिमी दौडियौं, मज्जाले दौडियौं । लड्यौं भने फेरी उठ, फेरी दौडियौं । लड्यौं भने थचक्क बस्न पाउदैनौं । उठेर दौडनु पर्छ । पहिलो भयौं भने म खुसी हुन्छु । तर तिमी हा¥यौं भने पनि मलाई कुनै चित्त दुख्दैन । तर दौड चाँही पूरा गर्र्नु पर्छ । अरु सबैले दौडीसके भने पनि तिमीले छोडनु हुँदैन । दौडने काम गर । मलाई यति भयो भने पुग्छ भन्ने सिकायौं भने त्यसले तपाईको बच्चा डराउँदैन । बालबालिकाहरुलाई बाच्न, नाच्न र हाँस्न सिकाऔं । बढि तनाव दिने काम नगरौं । मेहनत गर्न सिकाऔं ।’

महामन्त्री थापाले बालबालिकाहरुलाई एकअर्कासँग तुलना गर्न नमिल्ने भन्दै उनीहरुलाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने बताउनु भयो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);