कुन्जनाको विलौना : कि सफाई देउ कि सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कुन्जनाको विलौना : कि सफाई देउ कि सजाय

काठमाडौं, १० चैत्र । हास्यकलाकार कुन्जना घिमिरेले चितवन क्रिकेट रंगशालाको विषयमा आफु मानसिक रुपले विक्षिप्त भएको बताएकी छिन् । उनले सुन्न र सहन सक्ने क्षमता सकिएको भन्दै कि सफाई वा सजाय मध्ये एक दिन सामाजिक सञ्जालबाट सरकारसँग आग्रह गरेकी हुन् ।

कुन्जनाले केही व्यक्तिहरुले आफूलाई नग्न तस्बिरहरु पठाउन थालेको भन्दै राज्य र राष्ट्रसँग धेरै मन दुखेको पनि विलौना गरेकी छिन् । ‘मलाई मेरो ईन्बक्समा नग्न तस्विरहरु पठाउन सुरुवात भएको छ, बिभिन्न तुच्छ गालीको बर्सात भैईरहेको छ । म पनि मान्छे हु, धेरै मन दुखेको छ राज्य र राष्ट्र संग।’–उनले लेखेकी छिन् ।

आफूलाई सुन्नै नसकिने गालीगलौज धेरै आएर विक्षिप्त भएको भन्दै कुन्जनाले लेखेकी छिन्, ‘धुर्मुस जिले केहि समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरुका गाली गलौज सहदै आए र आज म मानसिक यातनाले बिछिप्त भएको छु ।’ उनले अब सुन्ने र सहने शक्ति नभएको पनि उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्,‘कि मलाई सफाई देउ कि सजाय ! तर जे गर्छौ छिटो गर’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);