क्रिमियामा रुसी मिसाईल ध्वस्त पारेको युक्रेनको दाबी | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

क्रिमियामा रुसी मिसाईल ध्वस्त पारेको युक्रेनको दाबी

काठमाडौं । युक्रेनले क्रिमियामा रुसी मिसाईल ध्वस्त पारेको दाबी गरेको छ ।

क्रिमियाको झान्कोई सहरमा रुसी क्षेप्यास्त्र ध्वस्त पारेको युक्रेनी रक्षा मन्त्रालयले जनाएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा मिसाइल विस्फोट भएको दृष्य देख्न सकिन्छ । रेलमार्फत ढुवानी भएको क्षेप्यास्त्र नष्ट गरिदिएको युक्रेनको दाबी छ । यता झान्कोई सहरका प्रमुखले उक्त क्षेत्रमा रुसी सेनाको ड्रोनद्वारा कयौँ आक्रमण भएको बताएका छन् ।

रुसले यसअघि पनि क्रिमियामा युक्रेनी आक्रमणको सामना गरिसकेको छ । युक्रेन उत्तरमा रहेको क्रिमिया हाल रुसको नियन्त्रणमा छ । यता रुसले भने सर्वसाधारणलाई लक्षित गरेर युक्रेनले आक्रमण गरेको जिकिर गरेको छ ।

यो घटनाले युक्रेनी वायुसेनाको ड्रोन तैनाथ गर्ने क्षमता बढेको अनुमान गर्न सकिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);