काँग्रेसलाई कुनै गल्ती गर्ने छुट छैनः डा. शेखर कोईराला | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

काँग्रेसलाई कुनै गल्ती गर्ने छुट छैनः डा. शेखर कोईराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसलाई अब कुनैपनि गल्ती गर्ने छुट नरहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौं आयोजित नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोईरालाको योगदान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता कोईरालाले नेपाली काँग्रेस अब केही दिन भित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमी कमजोरी नेपाली काँग्रेसबाट हुनु नहुने बताउनु भयो ।

उहाँले अहिलेका परिस्थितिलाई काँग्रेसले गम्भीर रुपमा नियालीरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा काँग्रेसकै काँधमा रहेको बताउनु भयो ।

नेता कोईरालाले वर्तमान सत्ता गठबन्धनलाई राम्रोसँग सञ्चालन गर्ने जिम्मा काँग्रेसको रहेको बताउनु भयो ।

नेता कोईरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा नेपाली काँग्रेस नचुकेको बताउनु भयो । उहाँले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र चल्न नसक्ने दाबी गर्नुभयो । उहाँले लोकतन्त्र बिना समुन्नत नेपाल बन्न नसक्ने भन्दै मिडियाको जिम्मेवारीलाई गम्भीर रुपमा लिएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);