बाख्राको गोठालो चितुवालाई दिएपछि यो हालत भयोः मन्त्री मोदी | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

बाख्राको गोठालो चितुवालाई दिएपछि यो हालत भयोः मन्त्री मोदी

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संविधानसभामा माओवादीले धेरै मत पाउन नसकेका कारण दलित, जनजाति लगायतका उत्पीडत जातिहरुले पर्याप्त हक, अधिकार नपाएका बताउनुभएको छ ।

मंगलवार ५८ औँ अन्तर्राष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवस (२१ मार्च)को सन्दर्भमा काठमाडौंमा आयोजित सार्वजनिक समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले दलित, जनजाति लगायतका उत्पीडत जातिहरुले संविधान बनाउने बेलामा माओवादीलाई बुझ्न नसकेका बताउनु भयो ।

उहाँले मत हाल्ने बेलामा माओवादीलाई नसम्झेका कारण आज उत्पीडित जातजातिको पर्याप्त हक, अधिकार सुनिश्चित हुन नसकेको बताउनु भयो । उहाँले मत अरुलाई दिएर ‘बाख्राको गोठालो चितुवा’ लाई बनाएको टिप्पणी गर्नुभयो ।

मन्त्री मोदीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा जातिय मुक्ति आन्दोलनको नेतृत्व गरेको भन्दै उहाँलाई नेपालको नेल्सन मण्डेलाको संज्ञा दिनुभयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);