आज पनि बढ्यो सुनचाँदीको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

आज पनि बढ्यो सुनचाँदीको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार

काठमाडौं, ७ चैत्र । पछिल्लो समय नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम राख्दै आएको छ । आइतबार प्रतितोला १ लाख १० हजार सुनको मुल्य कायम भई नयाँ किर्तिमानी राखेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुनको १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला एक लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज सेतो धातु चाँदीको पनि मुल्य बढेको छ । चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा खरिद विक्रि भइरहेको महासंघले जनाएको छ । हिजोको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।

 

Leave a Reply