काठमाडौं, ७ चैत्र । आज जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज मध्यान्ह पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ ।
बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल हुनेछ । जसपाले यही चैत २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।