तनहुँ–२ र बारा–२ मा पनि वैशाख १० गते नै उपनिर्वाचन हुने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

तनहुँ–२ र बारा–२ मा पनि वैशाख १० गते नै उपनिर्वाचन हुने

काठमाडौं । निर्वाचन आयोगले तनहुँ–२ र बारा–२ मा पनि वैशाख १० गते नै उपनिर्वाचन गर्ने भएको छ ।

रामचन्द्र पौडेल राष्ट्रपति र रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछी ती स्थान रिक्त थिए । आयोगले यसअघि नै चितवन–२ मा रिक्त रहेको स्थानमा वैशाख १० मा उपचुनाव गर्ने निर्णय गरिसकेको छ ।

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम उक्त दुवै क्षेत्रको निर्वाचन चितवन जिल्लाको उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम बमोजिम नै हुने व्यवस्था गरिएको जनाएको छ ।

आयोगले २०७९ चैत १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने कार्यतालिका सार्वजनिक गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);