नेपाल उद्योग परिसंघले चैत ११ र १२ गते महिला नेतृत्व शिखर सम्मेलन गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

नेपाल उद्योग परिसंघले चैत ११ र १२ गते महिला नेतृत्व शिखर सम्मेलन गर्दै

काठमाडौं । नेपाल उद्योग परिसंघले चैत ११ र १२ गते महिला नेतृत्व शिखर सम्मेलन गर्ने भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी दिएको हो । परिसंघ महिला नेतृत्व मञ्चकी सभापति छायाँ शर्माले सम्मेलनमा नेतृत्वमा महिला,अर्ततन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टै छलफल गरिने बताउनु भयो ।

उहाँले सम्मेलनमा भारत,पाकिस्तान,श्रींलका,बंलादेश,भुटान,माल्दिस र जर्मनी लगायत मुलुकका राजनीति,आर्थिक समाजिक व्यक्तिहरुको सहभागिता रहने बताउनु भयो ।

सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पु¥याएका दुई जना महिलालाई सम्मान गर्ने भएको छ । त्यस्तै,उद्यमशीलता प्रबद्र्धनका लागि महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);