चितवन–२ मा कांग्रेसबाट ११ जना उम्मेदवार सिफारिस | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

चितवन–२ मा कांग्रेसबाट ११ जना उम्मेदवार सिफारिस

nepali congress flag

काठमाडौं, ६ चैत्र । चितवन–२ मा आगामी बैशाख १२ गते उपनिर्वाचन हूँदैछ । नेपाली कांग्रेस क्षेत्रिय समिति क्षेत्र नं २ चितवनको बैठकले ११ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

११ जना सिफारिस भएका उम्मेदवारहरुमा उमेश श्रेष्ठसहित जिल्ला सभापति राजेश्वर खनाल, निर्वतमान जितनारायण श्रेष्ठ, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइरालालगायत छन् ।

क्षेत्रिय कार्यसमितिको पदाधिकारी बैठकले विविध कारण कारबाहीमा परेका नेता तथा कार्यकर्ताको कारबाही फुकुुवाको लागि अनुरोध गर्ने निर्णय गरेको छ । पुर्व जिल्ला सभापति विकास कोइराला, पुर्वसांसद जगन्नाथ पौडेललगायतका कार्यकर्ताको कारवाही फुकुवाका लागि अनुरोध गरी पठाउने पनि निर्णय गरेको स्रोतले जनाएको छ ।

सो क्षेत्रमा गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने निर्वाचित भएका थिए । तर लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले उनको सांसद पद नै खारेज गरिदिएपछि उक्त क्षेत्रमा निर्वाचन हुन लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);