काठमाडौं, ६ चैत्र । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदहरुबाट विश्वासको मत लिंदैछन् ।
त्यसअघि नै एमालेले बैठक बोलाएको हो । बैठक केहीबेरमा बस्दैछ ।
गत पुस १० गते एमाले,राप्रपा,रास्वपा,नागरिक उन्मुक्तिलगायतको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
उनले पहिलो पटक २६८ मत पाएर पुस २६ गते विश्वासको मत लिएका थिए । एमाले र राप्रपाले सरकार छाडेकोले फेरी प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।