काठमाडौँ, ५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ । आज ११ बजे पार्टी कार्यालय बसुन्धरामा केन्द्रीय समितिको बैठक बोलाइएको स्रोतले जनाएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने लगायतका विषयमा छलफल हुने छ ।
रास्वपाका प्रतिनिधि सभामा १९ सांसद छन् । गृहमन्त्रालय पाएको रास्वपाले अध्यक्ष रवि लामिछानेको नागरिकता विवादै कारण त्याग्न परेको थियो ।