१० दलले संविधानको मर्ममाथि प्रहार गरेः अष्टलक्ष्मी शाक्य | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

१० दलले संविधानको मर्ममाथि प्रहार गरेः अष्टलक्ष्मी शाक्य

काठमाडौं, ३ चैत्र । उपराष्ट्रपति पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन बसालिएको बताउनुभएको छ ।
शुक्रवार उपराष्ट्रपतिको निर्वाचन स्थलमा सञ्चारकर्मीहसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आवश्यक्ताको कारण आफू उपराष्ट्रपतिमा उठेको बताउनु भयो । उहाँले उपराष्ट्रपति पदमा बसेर राजनीतिक हिसावबाट काम गर्न नसकेपनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिने बताउनु
भयो । उहाँले आफू उपराष्ट्रपतिमा जित्ने ढुक्क रहेको बताउनु भयो । उम्मेदवार शाक्यले अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने संविधानको मर्मलाई मारेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो मेरो चाहनाको विषय भन्दा पनि आवश्यक्ताको विषय हो । पार्टीले पनि त्यो आवश्यक्ता महशुस ग¥यो, स्थितिले पनि महशुस गरायो । यो अधिकार सम्पन्न पद होइन तर यो गरिमामय पद हो । त्यहाँ बसेर राजनीतिक हिसावले अधिकार नभएपनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिन्छ । म जित्नेमा ढुक्क छु । १० दल एकातिर बसेपनि अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने,संविधानको अपव्याख्या गरेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाको छ, यो एकदमै गलत भयो ।’ उम्मेदवार शाक्यले उपराष्ट्रपतिमा आफू विजयी हुने दाबी गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);