निरन्तर घटेको सेयर बजार सोमबार ४४ अंकले वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निरन्तर घटेको सेयर बजार सोमबार ४४ अंकले वृद्धि

राष्ट्र बैंकले वित्तीय संस्थाको तरलता व्यवस्थापन थालेसँगै लगानीकर्ता उत्साहित –

काठमाडौं, १७ पुस । झन्डै दुई सातादेखि लगातार घटेको सेयर बजार आज ४४ दशमलव २२ अंकले बढेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुन नदिन कदम चालेपछि बजारले सकारात्मक दिशा लिएको हो ।

साथै, बैंकहरूले राष्ट्र बैंकसँग निक्षेपमा ब्याजदर नबढाउने सहमति गरेपछि पनि लगानीकर्ता उत्साहित बनेका हुन् । सेयर बजार र बैंकको ब्याजदरबीच सधैं विपरीत सम्बन्ध हुन्छ ।

त्यस्तै, आइतबार नै लगानीकर्ता संघले सेयर धितो कर्जाको ब्याजदरमा लचकता अपनाउन गरेको आग्रहलाई बैंकर्स संघले सकारात्मक रुपमा लिएको जनाएको थियो । सोमबार कारोबार खुलेदेखि नै लगातार बढेको सेयर बजार अन्यबाहेकका सबै परिसूचक उकालो लागेपछि १४ सय ३४ अंकमा पुगेको छ ।

सबैभन्दा धेरै होटल समूह पाँच प्रतिशत र लघुवित्त समूह चार प्रतिशत बढेको छ । बैंक, जलविद्युत र बिमा समूह तीन प्रतिशतभन्दा धेरैले बढेका छन् । बजार बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ५८ करोडको सेयर किनबेच भएको बजारमा आज ९ करोड कम अर्थात् ४९ करोडको मात्र कारोबार भयो । बजार ४४ अंकले बढ्दा लगानीकर्ताको सम्पत्ति एकैदिन ५२ अर्ब बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);