आईपीयुको १४६औँ महासभामा सहभागी भई सभामुख स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

आईपीयुको १४६औँ महासभामा सहभागी भई सभामुख स्वदेश फिर्ता

काठमाडौं । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयु) को १४६ औँ महासभामा सहभागी भई सभामुख देवराज घिमिरे आज स्वदेश फर्किनुभएको छ ।

उहाँ आज साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो । उहाँसँगै नेपालबाट गएको ९ सदस्यीय प्रतिनिधि मण्डल पनि स्वदेश फर्किएको छ । स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले महासभामा नेपालबाट ठूला मुलुकले साना मुलुकलाई हेप्ने र पक्षपात गर्ने कुराहरुमा विशेष जोड दिएको बताउनु भयो ।

उहाँले जातीय, वर्गीय कुराहरुलाई नयाँं ढंगबाट लैजाने कुरामा आफूहरुले आवाज उठाएको बताउनु भयो । उहाँले नेपालको असंलग्न परराष्ट्रनीतिका बारेमा पनि जानकारी गराएको बताउनु भयो । उहाँले महासभामा अस्ट्रेलियाका सभामुखसँग दुई देशबीचको सम्बन्धका बारेमा विशेष छलफल भएको बताउनु भयो । उहाँले साथै बहराइनका सभामुखसँग पनि आफ्नो भेट भएको र भेटमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल गरेको बताउनु भयो ।

सभामुख घिमिरेले सरकारले विश्वासको मत लिनु सामान्य कुरा रहेको बताउनु भयो ।

त्यस्तै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले महासभामा शान्तिपूर्ण सहअस्तित्व र समाज समावेशी गर्ने विषयलाई बढावा दिने कुरा आफूले उठाएको बताउनु भयो ।

उहाँले महासभामा जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई पनि विशेष रुपमा उठाएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);