जसपामा ७० वर्ष पुरा भएका पदाधिकारी निर्वाचित हुन नपाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

जसपामा ७० वर्ष पुरा भएका पदाधिकारी निर्वाचित हुन नपाउने

काठमाडौं, २ चैत्र । जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समिति सदस्यको संख्या घटाउने तयारी गरेको छ । पार्टीले तयार पारेको विधानको संशोधित मस्यौदामा १५१ सदस्यीय कार्य समितिको प्रस्ताव तयार पारिएको हो । हाल विधानमा ७०१ कार्य समिति सदस्य रहेका छन् ।

जसपाले चैत्र २६,२७ र २८ गते विधान अधिवेशन बोलाएको छ । सो मस्यौदामा नेताहरुको उमेरसमेत निश्चित गर्दै केन्द्रीय समितिमा ४० प्रतिशत युवा हुनुुपर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, ७० वर्ष पुरा भएका व्यक्ति केन्द्रीय, प्रदेश र जिल्ला समितिको पदाधिकारी वा सदस्यमा निर्वाचित हुन नपाउने व्यवस्था गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);