नेपाल–युएई भिड्दै, दर्शक टिकट बिना भित्र पस्न खोजेपछि लाठीचार्ज | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

नेपाल–युएई भिड्दै, दर्शक टिकट बिना भित्र पस्न खोजेपछि लाठीचार्ज

काठमाडौं, २ चैत्र । आइसीसी विश्वकप लिग २ अन्तर्गत आज नेपाल र युएईबीच भिडन्त हुँदैछ । युएईले टस जितेर नेपालले पहिलो बलिङ पाएको हो ।

त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गतको नेपाल र युएईको अन्तिम खेल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको भिड बढ्दै गइरहेको छ ।

भिड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निकै हम्मेहम्मे भइरहेको देखिन्छ । क्रिकेट खेलप्रेमी दर्शकहरु खेल सुरु हुनुअघि नै मैदानमा पुगेका थिए ।

मैदान भित्र र बाहिर ठुलो संख्यामा दर्शकहरु रहेका छन् । टिकट बिना नै केही दर्शकहरु पस्न खोजेपछि प्रहरीले लाठी चार्जसमेत गरेको छ । खेल साढे नौ बजेदेखि सुरु हुनेछ ।

 

Leave a Reply