एजेन्सी, १ चैत्र । थाइल्याण्डको राजधानी बैंककमा पछिल्लो एक सातामा २ लाख मानिस अस्पतालमा भर्ना भएका छन् । वायु प्रदुषणका कारण उनीहरुलाई सास फेर्न गाह्रो भएको थियो । पर्यटकको रोजाइमा पर्ने यस स्थानमा उद्योगधन्दा, सवारीसाधनबाट निस्कने धुवाँ र खेतबारीमा जलेको खराब बालीले मानिस सास्ती खेपेका छन् ।
एयर शोका कारण तीन महिनामा १३ लाख मानिस बिरामी परेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये पछिल्लो एक सातामा २ लाख मानिस अस्पतालमा भर्ना भएका छन् । यसैबीच स्वास्थ्य मन्त्रालयले एन–९५ मास्क लगाउन आग्रह गरेको छ । साथै बालबालिका र महिलालाई घरबाहिर ननिस्कन पनि आग्रह गरिएको छ ।
वायु प्रदूषणको खतरा यति बढ्दै गएको छ कि बैंककका अधिकारीहरूले जनवरीदेखि मानिसहरूलाई घरबाट काम गर्न सल्लाह दिएका थिए। समाचार एजेन्सी एएफपीका अनुसार सवारी साधनबाट निस्कने धुवाँलाई निगरानी गर्न चेक प्वाइन्ट बनाइएको छ ।
साथै नर्सरी र विद्यालयमा ‘नो डस्ट रुम’ बनाइएको छ । यसमा एयर प्युरिफायर जडान गरिएको छ । अहिले विद्यालय बन्द भएका छैनन् । अधिकारीहरू भन्छन् कि खतरा अझै समाप्त भएको छैन। आगामी दिनमा मानिसहरूलाई घरभित्रै राख्न कडा प्रतिबन्ध लगाउनु पर्ने हुनसक्छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बैंककको हावामा पीएम २.५ कण (प्रदुषण गराउने अति सूक्ष्म कण) को मात्रा धेरै छ । यी कण रगतमा मिसिन्छ, जसले रोगको जोखिम बढाउँछ। हावामा पाइने पार्टिक्युलेट पदार्थ (पीएम) मानिसको फोक्सोका लागि विषभन्दा कम होइन । यी हावामा रहेका कणहरू हुन् जसको साइज २.५ माइक्रोमिटर वा सोभन्दा कम हुन्छ। यी कारणले गर्दा अकाल मृत्यु पनि हुनसक्छ । डब्ल्यूएचओका अनुसार हावामा पीएम २.५ प्रति घनमिटर ५ माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन, हाल थाइल्याण्डमा कणको मात्रा कम भए पनि खतरनाक छ ।
विश्वभर वायु प्रदूषणको कहर रोकिने छाट देखिएको छैन । मंगलबार अमेरिकाको शिकागो विश्वविद्यालयले आफ्नो वार्षिक वायु गुणस्तर जीवन सूचकांकमा प्रदूषित हावाका कारण भारतमा मानिसको औसत उमेर ५ वर्षले घट्दै गएको बताएको छ । जहाँ विश्वमा यो संख्या २.२ वर्ष हो । बंगलादेश पछि भारत विश्वमा सबैभन्दा प्रदूषित देश हो।