इमरान खानले भने–पक्राउ गर्न मानसिक रूपमा तयार थिए | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

इमरान खानले भने–पक्राउ गर्न मानसिक रूपमा तयार थिए

इस्लामावाद, १ चैत्र । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले मंगलबार राति पक्राउ गर्न आफू मानसिक रूपमा तयार रहेको बताएका छन् ।

“म पक्राउ गर्न मानसिक रूपमा तयार छु,“उनले तोशाखाना मामिलामा उनको सम्भावित गिरफ्तारीलाई लिएर पीटीआई समर्थकहरू र प्रहरीबीचको विवादको बीचमा न्यूज च्यानल अल जजीरासँगको कुराकानीमा भने।
मेरो घरबाहिर ठूलो संख्यामा प्रहरी टोली पुगेकाले जुनसुकै बेला प्रहरीले आएर पक्राउ गर्न सक्छ भन्ने महसुस गर्न थालेको उनले बताए । निवासबाहिर सेनाका रेन्जरहरू पनि उपस्थित थिए । पाकिस्तानको सबैभन्दा ठूलो आतंककारी भित्र लुकेको जस्तो देखिन्छ ।

पाकिस्तानको वर्तमान सरकारको खिल्ली उडाउँदै इमरान खानले अहिले देशका ठूला बदमाशहरु सत्तामा बसेको बताएका छन् । मन्त्रिपरिषद्का ६० प्रतिशत सदस्य भ्रष्टाचार मुद्दामा धरौटीमा छुटेका छन् । उनले अहिले मेरो पार्टीको लोकप्रियतादेखि सत्ताधारीहरु डराएको बताए । हाम्रो पार्टीले भर्खरै ३७ मध्ये ३० उपचुनाव जितेको छ । बलुचिस्तानको खुजदार जिल्लामा मंगलबार बम विस्फोट भएको थियो ।

मङ्गलबार इमरान खानको घरबाहिर भारी प्रहरी तैनाथ हुँदा पीटीआई कार्यकर्ता पनि उनको घरबाहिर जम्मा भएका थिए । यसैबीच इमरानले एउटा भिडियो पनि सार्वजनिक गरेका छन्, जसमा उनले मलाई पक्राउ गरेर समस्या समाधान नहुने बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);