दाङ । ५७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बबई गाउँपालिका ४ हस्तनापुर बस्ने ४४ वर्षीय कमल बहादुर वलीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वलीले ती महिलालाई गत फागुन ६ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।