काठमाडौं । मंगलबार नेप्सेमा सामान्य अंकको सुधार देखिएको छ ।
आज नेप्से १.८५ अंकले बढेर १ हजार ९ सय ५३ दशमलव ०६ विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा १ अर्ब १३ कारेड ५९ लाख २५ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १२६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ७८ कम्पनीको सेयरमूल्य घटेको छ ।
त्यस्तै १० कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।