इमरान खानविरुद्ध गैर जमानती वारेन्ट जारी, जुनसुकै बेला गिरफ्तार गर्न सकिने | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

इमरान खानविरुद्ध गैर जमानती वारेन्ट जारी, जुनसुकै बेला गिरफ्तार गर्न सकिने

एजेन्सी । इस्लामावादको एक अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध गैर जमानती वारेन्ट जारी गरेको छ । यसअघि खानविरुद्ध ३ वटा मुद्दामा पक्राउ पुर्जी जारी भइसकेको छ । जसमध्ये एउटामा उनले तत्कालका लागि जेल जानबाट राहत पाएका थिए ।

सोमबार अदालतले प्रहरीलाई दिएको आदेशमा भनेको छ,‘इमरानलाई गिरफ्तार गरेर हामीकहाँ हाजिर गर ।’ गत वर्ष अगस्ट २० मा इमरानले अदालत परिसरमा आफूविरुद्ध आदेश जारी गर्ने जेबा चौधरीलाई धम्की दिएका थिए।

’जियो न्यूज’को लाइभ रिपोर्टका अनुसार इमरानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले पक्राउ पुर्जी जारी भएपछि चुनावी अभियान सुरु गर्ने घोषणा गरेको छ। त्यसको केही मिनेटपछि हतारमा ¥याली गर्ने योजना पनि थियो । इमरान कालो बुलेटपु्रफ गाडीमा घरबाट निस्किए र सयौं मानिस उनीसँगै हिँडिरहेका छन् । रिपोर्टका अनुसार इमरान जसरी पनि गिरफ्तारीबाट बच्न खोजिरहेका छन् । यसका लागि उनीहरूले समर्थकको भीडको सहारा लिइरहेका छन् । अर्कोतर्फ सुरक्षा निकाय र प्रहरी उनीहरुलाई पक्राउ गर्न ठोस रणनीति बनाउन व्यस्त छन् ।

प्रहरी र रेन्जर्स कमाण्डोको टोलीले खानको हरेक गतिविधिमाथि नजर राखिरहेको छ । खानको लाहोरको जमान पार्कमा रहेको घर घेराबन्दी गरिएको छ । राति वा बिहानै समर्थकको संख्या कम भए खानलाई पक्राउ गर्ने विश्वास गरिएको छ । त्यसपछि उनलाई हेलिकप्टरबाट इस्लामावाद ल्याइनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);