यूएईमाथि नेपालको फराकिलो जित, ललित बने नायक | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

यूएईमाथि नेपालको फराकिलो जित, ललित बने नायक

काठमाडौ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले यूएईमाथि शानदार जित निकालेको छ ।

टियु मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुदैं यूएईलाई २ सय ४९ रनको लक्ष्य दिएको थियो ।

नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा यूएईले २२.५ ओभरमा ७१ रन जोड्दा अलआउट हुनपुग्यो । नेपालका लागि ललित राजवंशीले ५ विकेट लिए । ७.५ ओभर बलिङ गरेका ललितले ५ विकेट लिदै २० रन मात्र दिए । साथै, सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुल्शन झाँले समान एक/एक विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);