निक्षेपकर्ताहरुको पैसा फिर्ता नगरेपछि अमेरिकाको ’सिलिकन भ्याली बैंक’ बन्द | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

निक्षेपकर्ताहरुको पैसा फिर्ता नगरेपछि अमेरिकाको ’सिलिकन भ्याली बैंक’ बन्द

काठमाडौं, २८ फागुन । अमेरिकाको ’सिलिकन भ्याली बैंक’ सँधैको लागि बन्द भएको छ । ४० बर्षको इतिहासलाई समाप्त गर्दै अमेरिकाको १६औं ठुलो बैक शुक्रबार बन्द भएको हो । निक्षेपकर्ताहरुको पैसा फिर्ता गर्ने ४८ घण्टाको पूर्ण प्रयास असफल भएपछि बैंक बन्द भएको घोषणा गर्दै सिलिकन भ्याली बैंकलाई क्यालिफोर्नियाको नियामकले नियन्त्रणमा लिएको हो ।

युएस फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले सिलिकन भ्याली बैंकको सम्पूर्ण निक्षेप नियन्त्रणमा लिएर बैंक सँधैको लागि बन्द गराएको हो । यससँगै सिलिकन भ्याली बैंक सन् २००८ को वित्तीय संकटपछि बन्द हुने दोस्रो सँस्था बन्न पुगेको छ । यस अगाडी वाशिंगटन म्युचुअल बन्द भएको थियो । बैंकले निक्षेपकर्ताको पैसा फिर्ता गर्न सकिरहेको थिएन । पैसा फिर्ता गर्नलाई दीईएको ४८ घण्टाको समयमा पनि सिलिकन भ्याली बैंक असफल भएपछि नियामकले आफ्नो नियन्त्रणमा लिएको हो । बैंक बन्द भएपनि बैंकमा २ लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेप भने सुरक्षित रहेको र त्यति बराबरको पैसा फिर्ता हुने भएको छ । अमेरिकाको फेर्डरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआईसी) ले त्यहाँको कुनै पनि बैंकमा हुने २ लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेपको बिमा गरेको हुन्छ ।

सोहि कारण सिलिकन भ्याली बैंकमा दुई लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेप सम्बन्धित व्यक्ति वा संस्थालाई नै फिर्ता हुनेछ । सन् १९८३ मा स्थापित सिलिकन भ्याली बैंकले अमेरिकाका आइटी तथा क्रिप्टोको कारोबार गर्ने कम्पनीलाई दिएको ऋण फिर्ता नभएपछि बैंक यो अवस्थामा पुगेको हो । क्रिप्टो कम्पनीहरुमा समस्या आएपछि त्यसको असर बैंकमा परेको हो । बैंकले लगानी गरेका केहि क्रिप्टो कम्पनीहरु डुबिसकेको र अधिकांश कम्पनी डुब्ने अवस्थामा रहेपछि ऋण उठ्न नसकेको र सोहि कारण बैंक बन्द भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । बैंकले दुई खर्ब ९ अर्ब अमेरिकी डलर बराबरको ऋण दिएको थियो भने बैंकमा एक खर्ब ७५ अर्ब अमेरिकी डलर बराबरको निक्षेप रहेको सिएनएनले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);