प्रचण्डविरुद्ध रिटको सुनुवाइ सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

प्रचण्डविरुद्ध रिटको सुनुवाइ सुरु

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दाको सुनुवाइ सुरु भएको छ । आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको हो ।

हिजो न्यायाधिश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको उक्त रिट तोकिएकोमा नभ्याइनेमा परेकाले आज सुनुवाइ हुने भएको हो ।

जनयुद्धकालमा मारिएका ५ हजार जनाको जिम्मा लिने बयानलाई आधार बनाएर प्रचण्डविरुद्ध फौजदारी अभियोग माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो ।

मारिएकाका परिवार २८ जनाले मंगलबार सर्वोच्च अदालतमा संयुक्त रुपमा मुद्दा दर्ता गराएका हुन् । १ माघ २०७६ मा टुँडिखेलमा भएको एक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा लिने बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);