आजदेखि अर्थशास्त्री सम्मेलन सुरु, प्रधानमन्त्रीले उद्घाटन गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

आजदेखि अर्थशास्त्री सम्मेलन सुरु, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौँ, २६ फागुन । आजदेखि काठमाडौंमा दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनको उद्घाटन गर्ने जनाइएको छ । आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान भन्ने नारा दिइएको यस सम्मेलन विभिन्न सङ्घ संस्थाहरूसँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले आयोजना हुन लागेको हो ।

अर्थतन्त्रका समसामयिक मुद्दाहरूमा बहस चलाई समाधानका उपायसहित सरकार, राजनैतिक दलहरू तथा नीति निर्माणमा संलग्न निकायहरूलाई कार्यान्वयनको लागि सुझाव दिने उद्देश्यका सम्मेलन आयोजना गरिएको हो ।

आज पहिलो दिन उद्घाटन सत्र र दोस्रो दिन प्राविधिक सत्र गरी विभाजन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहने पहिलो दिनको कार्यक्रम काठमाडौँको राष्ट्रिय सभागृहमा आज दिउसो २ बजे सुरु हुने र दोस्रो दिनको कार्यक्रम बिहान ७ बजेदेखि होटेल एलो प्यागोडा जमलमा सुरु हुने समय तालिका रहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);