सिटौला निकट नेविसंघले बोलायो विशेष भेला | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८१, शुक्रबार

सिटौला निकट नेविसंघले बोलायो विशेष भेला

काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघमा विवाद भइरहँदा तेस्रो शक्तिले पनि आज विशेष भेला बोलाएको छ । नेविसंघ संस्थापन र इतर समुहबीचको विवाद बढ्दै जाँदा तेस्रो धार कृष्णप्रसाद सिटौला निकट विद्यार्थीहरुले ‘स्ववियु निर्वाचन विशेष भेला’ आह्वान गरेका हुन् ।

शुुक्रबार बिहान ८ बजे बाल्मिकी क्याम्पसमा विशेष भेला बोलाइएको हो । भेलालाई बागमती प्रदेश सभा सदस्य तथा प्रमुख सचेतक कुन्दनराज काफ्ले, गण्डकी प्रदेश सभा सदस्य तथा बाग्लुङ सभापति जीत शेरचन, नेविसंघका पूर्व उपाध्यक्ष रामप्रसाद अधिकारी, पूर्वमहामन्त्री बलदेव तिमल्सिनालगायतले सम्बोधन गर्ने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);