काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनी(पीएनजी) विरुद्ध आठौं सफलता हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले व्यक्तिगत चौथो विकेट लिदै नेपाललाई आठौं सफलता दिलाएका हुन् ।
४३औं ओभरको खेल चलिरहँदा पीएनजीले ८ विकेटको नोक्शानीमा १९८ रन बनाएको छ ।
नेपालले पपुवा न्यु गिनी(पीएनजी) लाई २ सय ९८ रनको लक्ष्य दिएको थियो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २ सय ९७ रन बनाएको थियो ।
नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १ सय १० रन बनाए । अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए ।
भीम सार्की ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन बनाए ।
पीएनजीका लागि सिमो कमाय ५ तथा राईली हेरुकेले ३ विकेट लिए । जारी खेलमा पीएनजीले नेपालले दिएको लक्ष्य पछ्याइरहेको छ ।