पीएनजीलाई चौथो झट्का, दिपेन्द्रले लिए विकेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

पीएनजीलाई चौथो झट्का, दिपेन्द्रले लिए विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले नेपालले पपुवा न्यु गिनी(पीएनजी) विरुद्ध चौथो सफलता हात पारेको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले व्यक्तिगत दोस्रो विकेट लिदै नेपाललाई चौथो सफलता दिलाएका हुन् ।

२८औं ओभरको खेल चलिरहँदा पीएनजीले ४ विकेटको नोक्शानीमा १३० रन बनाएको छ । पीएनजीले पहिलो विकेट रन आउटको रुपमा गुमाएको थियो भने दोस्रो विकेट दिपेन्द्र सिंह ऐरीले लिएका थिए । साथै, सन्दीप लामिछानेले नेपाललाई तेस्रो विकेट दिलाएका थिए ।

नेपालले पपुवा न्यु गिनी(पीएनजी) लाई २ सय ९८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २ सय ९७ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १ सय १० रन बनाए । अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए ।

भीम सार्की ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन बनाए ।

पीएनजीका लागि सिमो कमाय ५ तथा राईली हेरुकेले ३ विकेट लिए । जारी खेलमा पीएनजीले नेपालले दिएको लक्ष्य पछ्याइरहेको छ ।

Leave a Reply