काँग्रेस र एमालेको सरकार बन्दैन भन्न सकिदैन्ः अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १७ २०८१, शनिबार

काँग्रेस र एमालेको सरकार बन्दैन भन्न सकिदैन्ः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताउनुभएको छ ।

बिहीवार राष्ट्रपति निर्वाचनको मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउनसक्ने बताउनु भयो । उहाँले आगामी राष्ट्रपति जनताप्रति उत्तरदायीहुँदै संविधानको पक्षमा उभिनु पर्नेमा जोड दिनुभयो ।

संविधानको रक्षक, पालकको हिसावले देशको अभिभावकको भुमिका वहन गर्नसक्ने राष्ट्रपति मुलुकका लागि आवश्यक भएको अध्यक्ष ओलीको भनाइ थियो । उहाँले यसअघि संकीर्ण स्वार्थ बोकेकाहरुले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगरेको भन्दै राष्ट्रपतिय प्रणालीलाई नै मन नपराउनहरुले देशको पक्षमा उभिँदा विरोध गरेको जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले यसअघिका दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले झनै महत्वपूर्ण रुपमा काम गरेको दाबी गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);