राष्ट्रपति निर्वाचन आज, १० देखि ३ बजेसम्म मतदान | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८१, मंगलबार

राष्ट्रपति निर्वाचन आज, १० देखि ३ बजेसम्म मतदान

काठमाडौं, २५ फागुन । आज नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रपति निर्वाचनका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दर्ता भएको छ ।

बुधवार राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन, २०७९ निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनका लागि आवश्यक हुने सम्पूर्ण तयारी पूरा भएको बताउनु भयो । उहाँले प्रदेश सभातर्फ ५५० जना र संघीय संसदतर्फ ३३२ जनाको मतदाता नामावली रहेको जानकारी दिँदै मतदानका लागि संघीय संसद भवनको ल्होत्से हलमा दुईवटा मतदान केन्द्र स्थापना गरिएको बताउनु भयो । ल्होत्से हल भित्रका दुई मतदान केन्द्रमा संघीय सांसद र प्रदेश सांसदहरुले छुट्टाछुट्टै मतदान गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनु भयो । संघ र प्रदेशका सांसदहरुको छुट्टाछुट्टै लाइन हुने पनि उहाँले जानकारी गराउनु भयो । उहाँले मतदान बिहान १० बजेदेखि शुरु भइ ३ बजेसम्म हुने भन्दै ३ बजेपछि लामवद्ध हुन आउने मतदातालाई मतदानका लागि प्रवेश निषेध गरिने स्पष्ट पार्नुभयो ।

निर्वाचन अधिकृत पौडेलले मतदानका लागि लाइन बस्नुअघि संघीय सांसद र प्रदेश सांसदहरुलाई छुट्टाछुट्टै ‘वेटिङ रुम’ बनाइएको पनि जानकारी गराउनु भयो । त्यस्तै मिडियाका लागि पनि ‘वेटिङ रुम’ को व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो । उहाँले अपरान्ह ४ बजेदेखि मतगणनाको कार्य शुरु गरेर साँझ ७ बजेसम्म गणना सकिसक्ने लक्ष्य रहेको बताउनु भयो । मत गणना सकिएसँगै ल्होत्से हलमै आएर मत परिणामको घोषणा गरिने निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);