‘अदालतलाई धम्काउने काम कसरी बिधिको शासन हुन सक्छ ?’ | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

‘अदालतलाई धम्काउने काम कसरी बिधिको शासन हुन सक्छ ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद् ज्ञानेन्द्र शाहीले अदालतलाई धम्काउने काम कसरी बिधिको शासन हुन सक्छ ? भन्दै प्रश्न उठाउनु भएको छ ।

उहाँले मंगलबार फेसबुकमा स्टाटस लेख्दै अदालतलाई निष्पक्षरुपमा काम गर्न दिनुपर्ने बताउनु भएको हो ।

उहाँले लेख्नुभएको छ, ‘अदालतलाई निष्पक्षरुपमा काम गर्न दिनु नै विधिको शासन र प्रजातान्त्रिक मूल्यमान्यताको पालना गर्नु हो। त्यसैले कानुनी प्रक्रियामा आएका मुद्दाहरु अदालतले दर्ता गर्नु उसको कर्तव्य हो।’

प्रधानमन्त्री दाहालविरुद्ध मंगलबार सर्वोच्च अदालतमा २०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको मात्रै जिम्मा आफूले लिने भन्ने अभिव्यक्तिका विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने भन्दै मुद्दा दर्ता गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);