होलीको शुभकामना दिदै पलले भने– दोष कसैको होइन् समयको हो, गाली नगरिदिनुहोला | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

होलीको शुभकामना दिदै पलले भने– दोष कसैको होइन् समयको हो, गाली नगरिदिनुहोला

काठमाडौं । अभिनेता पल शाहले मनमा कसैप्रति रिस र प्रतिशोधको भावना नरहेको बताएका छन् ।

जेलमुक्त भएपछि सामाजिक सञ्जालमार्फत पहिलोपटक स्ट्याटस लेख्दै शाहले सैप्रति रिस र प्रतिशोधको भावना नरहेको भन्दै आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य रहेको बताएका छन् ।

उनले सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया रहेको समेत उल्लेख गरेका छन् । ‘बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु,’उनले भनेका छन् ।

साथै उनले बितेको एक बर्षको घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा आफ्नो सदा सम्मान र सद्भाव रहने पनि भनेका छन् । ‘यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला । उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु,’, उनले भनेका छन् ।

शाहले होलीको अवसरमा शुभकामना दिदै यस्तो लेखेका हुन् । नाबालिगमाथि यौन दुव्र्यवहारको गरेको मुद्दामा शाह एक वर्ष जेल बसेर फागुन १५ गते जेलबाट छुटेका थिए । जेलबाट छुटेपछि उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

उनी तनँहुबाट छुटेर काठमाडौं आएको दिन सञ्चारकमीलाई संक्षीप्त प्रतिक्रिया दिदै एक महिनाको रेष्ट पछि काममा फर्किने बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);