संक्रमणकालिन न्याय सम्बन्धि विवाद छिटो टुंगो लगाउने सरकार समर्थित दलहरुको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १० २०८३, मंगलबार

संक्रमणकालिन न्याय सम्बन्धि विवाद छिटो टुंगो लगाउने सरकार समर्थित दलहरुको निष्कर्ष

काठमाडौं, २२ फागुन । सरकार समर्थित दलहरुले संक्रमणकालिन न्याय सम्बन्धि विवाद छिटो टुंगो लगाउने निष्कर्ष निकालेका छन् । आइतवार प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसेको सरकार समर्थित दलहरुको बैठकले संबिधान र लोकतन्त्रको उपलब्धिको रक्षा गर्दै संक्रमणकालिन न्यायको बिषय छिटै टुंगो लगाउने निष्कर्ष निकालेका हुन् ।

बैठक पछि सम्वाददाताहरु सँग कुरागर्दै नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभामा प्रमुख सचेतक रहनु भएका रमेश लेखकले संक्रमणकालिन न्याय सम्बन्धि विवाद संसद्को चालु अधिवेशनमा टुंगो लगाउने गरि अगाडी बढाइने बताउनु भयो । द्वन्द्वकालिन घटनालाई निष्कर्षमा लौजानु सबै राजनैतिक दल तथा सबै पक्षको दायित्व भएको बताउनु भयो । बैठकमा सहभागी भएका सरकार समर्थित ९ दलका नेताहरुले संविधानको सुरक्षा र लोकतन्त्रको रक्षाको लागि सबै एकजुट हुने प्रतिबद्धता जनाएको नेता लेखकले जानकारी दिनु भयो ।

यस्तै बैठकले विभिन्न माग र मुद्दा लिएर सडकमा अवाञ्चित गतिविधि बढेको प्रति राजनैतिक दल सजग हुनुपर्ने समझदारी बनाएको छ । सडकमा संविधान विपरित कार्यक्रम क्रियाकालाप हुन थालेकोले यस्ता गतिविधिलाई रोक्न सबै एकताबद्ध हुने निष्कर्ष निकालेको पनि नेता लेखकले जानकारी दिनु भयो ।

Leave a Reply